प्रधानाध्यापकद्वारा विद्यालयमै झुण्डिएर आत्महत्या
सिरहा । गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा आइतबार साह भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।
मिर्चैया नगरपालिका–६ निवासी प्रधानाध्यापक साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो ।
खोजीको क्रममा शिक्षक साह विद्यालयमै झुण्डिएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहानै विद्यालय पुगेका शिक्षक साह किन झुण्डिएको भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया