NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउने भएका छन् । नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि बुधबार उनी नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले छुङछेङले बुधबारबाट नेपालको पाँचदिने भ्रमण थाल्ने जानकारी दिँदै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने जनाएको छ ।

तिब्बतको नेपाल मामिला सञ्चालनसँग सम्बन्धित सबै निकायका पदाधिकारीसहित आउन लागेका वाङले भ्रमण दौरान उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने तालिका छ ।

भ्रमणको पहिलो दिन बुधबार उनले उपराष्ट्रपति रामसहाय यादवसँग दिउँसो २ बजे शिष्टाचार भेट गर्नेछन् । बिहीबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

यसबाहेक उनले राष्ट्रियसभाका अध्यक्ष, गृह मन्त्री, गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।