ग्लोबल आईएमई बैंकका ग्राहकले दराज ११:११ मा २० प्रतिशतसम्म छुट पाउने
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११:११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।
११ नोभेम्बरदेखि २२ नोभेम्बरसम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आईएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा २ हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा २ हजार ५ सयसम्म छुट पाउनेछन् ।
बैंकका कार्ड बाहक ग्राहकहरुले छुट पाउनका लागि दराज एपबाट ग्लोबल आईएमई बैंकको कार्डको छुट भौचर संकलन गर्नुपर्नेछ । यी भाउचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागु हुनेछन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया