NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

असोजसम्ममा बीमा क्षेत्रको व्यवसाय ५१ अर्ब, ४३ प्रतिशत जनसंख्या बीमाको दायरामा

काठमाडौं । नेपालको कुल जनसंख्याको ४३ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार म्याद, लघु म्यादी र वैदेशिक रोजगारी जीवनबीमालेखसहित ४३.४२ प्रतिशत पुगेको हो । गत वर्षको सोही अवधिमा ४३.६२ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो ।

बीमाको दायरमा आएको जनसंख्या म्यादी र लघु म्यादी जीवनबीमालेखसहित ३८.५० प्रतिशत छ । गत वर्षको सोही अवधिमा यो ३९.७८ प्रतिशत थियो ।

बीमाको दायरामा आएको जनसंख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवनबीमालेखबाहेक १७.६३ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यो १६.९४ प्रतिशत थियो ।

चालु आवको असोज मसान्तसम्ममा कुल जीवन बीमालेखको संख्या ०.११ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार असोज मसान्तसम्ममा कुल एक करोड ३८ लाख ६७ हजार ५८१ वटा बीमालेख जारी भएको छ । गत वर्षको सोही अवधिकमा यस्तो बीमालेख १ करोड ३८ लाख ८३ हजार २५६ वटा जारी भएको थियो ।

त्यसैगरी चालु आवको असोजसम्ममा जीवन बीमालेख ०.७३ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार असोजसम्ममा ६ लाख ८४ हजार ४३६ वटा र्नीजीवन बीमालेख जारी भएका छन् । गत वर्षको सोही अवधिमा ६ लख ८९ हजार ४६८ वटा नीर्जीवन बीमालेख जारी भएको थियो ।

तथ्यांकअनुसार वैदेशिक रोजगार बीमालेखको संख्या १५ लाख ९८३ रहेको छ । त्यस्तै म्यादी र लघु म्यादी जीवन बीमालेखको संख्या ६७ लाख ५ हजार ४८९ छ भने म्यादी लघु म्यादी र वैदेशकि रोजगार जीवन बीमालेखबाहेकको संख्या ५६ लाख ६१ हजार १०९ छ ।

५१ अर्ब बीमा शुल्क संकलन

गत वर्षको तुलनामा चालु आवको चैत्र मसान्तसम्ममा जीवन बीमा तथा नीर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलन ९.९५ प्रतिशतले बढेको छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको असोज मसान्तसम्ममा जीवन बीमा र र्नीजीवन बीमा कम्पनीहरुले कुल ५१ अर्ब २५ करोड ९४ लाख बीमा शुल्क संकलन गरेका हुन् ।

गत वर्षको सोही अवधिमा जीवन बीमा तथा नीर्जीवन बीमा कम्पनीहरूले ४६ अर्ब ६१ करोड ९३ लाख बीमा शुल्क संकलन गरेको थियो ।

असोजससम्ममा जीवन बीमा कम्पनीहरूले ४० अर्ब ८० करोड ४६ लाख बीमा शुल्क आर्जन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा १४.५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ७७ करोड ६८ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

त्यस्तै सोही अवधिमा नीर्जीवन बीमा कम्पनीले १० अर्ब ४५ करोड ४७ लाख बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा ३.५८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नीर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

कार्यालय संख्या

चालु आवको असोजमसान्तसम्ममा बीमा कम्पनीहरुको कार्यालय संख्या गत आवको तुलनामा १५.९२ प्रतिशतले घटेको छ । असोजसम्ममा बीमा कम्पनीहरुको संख्या २ हजार ८२५ रहेको छ । गत आवको सोही अवधिमा बीमा कम्पनीको संख्या ३ हजार ३६० थियो ।

त्यस्तै बीमा कम्पनीको कर्मचारीको संख्या गत आवको तुलनामा २.९० प्रतिशतले घटेको छ । चालु आवको असोज मसान्तसम्ममा बीमा कम्पनीहरुको कर्मचारीको संख्या ११ हजार ५०८ छ । गत आवको सोही अवधिमा बीमा कम्पनीको कर्मचारीको संख्या ११ हजार ८५२ थियो ।