NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

मोरङको एक सुन पसलमा आगलागी, चार जना प्रहरीसहित २७ जना घाइते

काठमाडौं । मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा २७ जना घाइते भएका छन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ ।

राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा घाइते भएकाहरूको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये चार जना प्रहरीहरू पनि रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी घाइते भएका हुन् ।

आगो करिब ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।