अष्ट्रेलियाले भूकम्पपीडितलाई पाँच करोड प्रदान गर्ने
काठमाडौं । अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब रु पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ ।
यहाँस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ ।
उक्त सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस) संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनर्निमाणमा सहयोग गर्नेछ । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भने, “पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दुछु । अष्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ । हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ ।”
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया