बझाङमा ४.५ रेक्टरको परकम्प
काठमाडौं । बझाङको धमेना केन्द्रबिन्दु भएर चार शमलव पाँच रेक्टर स्केलको परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको हो ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले बझाङमा धमेनामा भूकम्प पछि फेरी परकम्प गएको जानकारी दिए। ‘धमेना केन्द्रबिन्दु भएर चार शमलव पाँच रेक्टर स्केलकोे परकम्प गएको हो’ उनले भने, ‘बझाङ आसपासका जिल्लामा समेत परकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएको छ ।”
गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता धेरैपटक परकम्प गएको केन्द्रले जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया