एक महिनाका लागि माइतीघर–बानेश्वर निषेधित क्षेत्र घोषणा

काठमाडौ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर–बानेश्वर क्षेत्रमा आन्दोलन निषेध गरेको छ । सोमबार आदेश जारी गरी पद्मोदय मोडदेखि, माइतीघर, बबरमहल र नयाँबानेश्वर चोकसम्म निधेषित क्षेत्र घोषणा गरिएको छ। जहाँ पाँच जनाभन्दा धेरै जम्मा हुन पाउने छैनन् ।
आगामी ७ मंसिरमा एमालेको युवा संगठन र व्यवसायी दुर्गा प्रसाईले एकैदिन सरकारविरुद्ध विरोध प्रदर्शन गर्न लागेका थिए । झडपको सम्भावना भएपछि मुख्य सडकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । रत्नपार्कलाई भने निषेधित क्षेत्र घोषणा गरिएको छैन ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया