नेपाल प्रहरीका ५ एसपीको एसएसपीमा बढुवा

काठमाडौं । नेपाल पाँच एसपीको एसएसपीमा बढुवा भएको छ । गत २४ कात्तिकमा सिफारिस भएकोमा उजुरी नपरेपछि उनीहरुको सोमबार गृह मन्त्रालयले बढुवाको निर्णय गरेको हो ।
बसन्त रजौरे, रबि कुमार पौडेल, नबिनराज राई, बीरबहादुर वली र चन्द्रवीर राई को बढुवा भएको हो । बढुवाको निर्णय भएपनि पदस्थापन हुन सकेको छैन ।
नेपाल प्रहरीमा अब एसपीका ७ पद रिक्त भएका छन् । जसमा एक दर्जन डिएसपीहरु प्रतिस्पर्धामा छन् ।
रिक्त पदमा प्रदीप क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादब ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे प्रतिस्पर्धामा छन् ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया