NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

न्यायाधीश नियुक्तिमा भागबन्डा, माओवादीको कोटा रिक्त

काठमाडौं । अदालतमा फेरि पनि भागबन्डाका आधारमा न्यायाधीश नियुक्ति गरिएको छ । मंगलबार सर्वाेच्च अदालतमा ६ न्यायाधीशको नियुक्ति गर्दा प्रमुख दलले भागबनडा गरेका छन् ।

न्याय परिषद्को बैठकले शारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल, सुनिल पोखरेल र अब्दुल अजिद मुसलमानलाई सिफारिस गरेको हो ।

उनीहरुमध्ये सुनिल पोखरेल र बालकृष्ण ढकाल वरिष्ठ अधिवक्ता हुन् भने अन्य चार जना उच्च अदालतका न्यायाधीश हुन् । पोखरेल कांग्रेस निकट तथा ढकाल एमाले निकट कानून व्यवसायी हुन् । सर्वाेच्चमा थप एक न्यायाधीशको पद रिक्त छ । जसमा महान्यायाधीवक्ता डा.दिनमणि पोखरेल माओवादीबाट नियुक्त हुने बताइएपनि उनको नाममा सहमति हुन नसकेपछि मंगलबार माओवादीको कोटा खाली राखिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष