नागरिकको असन्तुष्टि समाधान गर्नेतर्फ लाग्नुपर्छ : महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ सरकार र दलहरु लाग्नुपर्ने बताएका छन् ।
आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले जनताको असन्तुष्टि कम भए व्यवस्थाविरुद्ध बोल्नेहरुको आवाज कमजोर हुँदै जाने बताए । उनले भने, ‘जनताप्रति अहिले असन्तुष्टि बढ्दै गएको छ । यसका कारण आक्रोशित नागरिकको असन्तुष्टि प्रयोग गरेर आफ्नो बदनियत राखेको छ । नागरिक असन्तुष्टि कम भए पनि बदनियत राख्नेको स्वर र सङ्ख्या आफैं घट्दै जान्छ ।’
गणतन्त्रमा आम नागरिकले यो व्यवस्था ठीक छैन भनेर आफ्नो विचार राख्न पाउने बताउँदै उनले प्रचलित कानुनको सीमाभित्र रहेर आफ्नो अधिकारको प्रयोग गर्न पाउने बताए । उनले भने, ‘कसैलाई व्यवस्था मन पर्दैन भने मलाई यो बेवास्ता मन पर्दैन भन्न पाउनुपर्छ । तर प्रचलित कानुनको सीमाभित्र बसेर सबैले आफ्नो अधिकारको प्रयोग गर्ने हो ।’ अहिले देशमा देखिएको आर्थिक समस्या हल गर्न लाग्यो भने व्यवस्थाका विरुद्ध उठेका कुराहरु आफैं निस्तेज भएर जाने उनको भनाइ थियो ।
देशमा देखिएको आर्थिक समस्याका विषयमा प्रधानमन्त्रीले सबै दलसँग परामर्श सुरु गरेको उनले जानकारी दिए । सत्तारूढ दल र विपक्षीमा रहेका सबै दलहरुसँग मङ्गलबारबाट छलफल प्रारम्भ भएको जनाउँदै छलफल निष्कर्षमा पु-याउनुपर्ने उनको भनाइ छ ।
ऋण लिएर सदुपयोग गर्दासमेत समस्यामा परेका व्यवसायीहरुका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । उनले भने, ‘जसले ऋण लिएर सदुपयोग गर्दैन त्यतातिर सरकार जान आवश्यक छैन । जुन कामका लागि लिएको ऋण हो सोही स्थानमा खर्च गर्ने व्यवसायीको हकमा सरकारले अभिभावकीय भूमिका खेल्नुपर्छ ।’
सरकारले गर्न खोजेका सबै प्रक्रियामा कांग्रेसको साथ र सहयोग रहने महामन्त्री थापाको भनाइ थियो ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया