NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

चार महिनामा आयात र निर्यात दुवै खुम्चियो, व्यापारघाटा ४ खर्ब ६१ अर्ब

काठमाडाैं ।  चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार आयात र निर्यात दुबैमा कमी देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनाको अवधिमा  नेपालले ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु आयात गरेको छ ।  जुन त वर्षको तुलनामा ३.७९ प्रतिशतले कम आयात भएको छ । गत आवको सोही अवधिमा भने ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको आयात भएको थियो । वस्तु आयात भएको थियो ।

५० अर्बको निर्यात

कार्तिक मसान्तसम्मको तथ्यांकअनुसार नेपालबाट हुने निर्यात पनि घटेको छ । भन्सार विभागका तथ्यांकअनुसार चार महिनामा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ वस्तु निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७.६८ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा ५४ अर्ब ७७ करोड ४३ लाख रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात दुवै घटेपछि नेपालको वैदेशिक व्यापार पनि खुम्चिएको छ । समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ  रहेको छ। यो गत आवको कात्तिक मसान्तसम्मको तुलनामा भने ४.१५ प्रतिशतले कमी हो ।

व्यापार घाटा ४ खर्ब ६१ अर्ब

चालु आवको कार्तिकसम्म कुल व्यापार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ पुगेको छ । विभागका अनुसार नेपालको भारतसँग मात्रै २ खर्ब ८१ अर्ब २ करोड ३६ लाख रूपैयाँ बराबरको व्यापार घाटा रहेको छ।

१ खर्ब ३७ अर्बको राजश्व संकलन

चालु आवको चार महिनाको अवधिमा आयातित वस्तुबाट सरकारले १ खर्ब ३७ अर्ब ८ करोड ५१ लाख रूपैयाँको राजश्व संकलन गरेको छ ।