NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

विवादकाबीच सिग्देल रथी बढुवामा सिफारिस, बन्लान् प्रधानसेनापति ?

काठमाडौं । जन्म मितिको विवादकाबीच उपरथी अशोक सिग्देलको रथी बढुवामा सिफारिस भएको छ । रथीमा बढुवा भएमा उनी ९ महिनापछि प्रधानसेनापति हुनेछन् ।

रिक्त रहेको रथी पदमा यसअघि ताराध्वज पाण्डेको बढुवा सिफारिस भएको थियो । तर, जन्ममितिको विवादपछि उनले राजीनामा दिएका थिए । उनको राजीनामापछि सिग्देलको भाग्य खुलेको हो ।

नेपाली सेनामा रथीका दुई पद छन् । रथी सरोजप्रताप राणा गत महिना अवकाश पाएदेखि एक पद रिक्त छ । जसमा सिग्देलको बढुवा सिफारिस भएको हो । उनको पनि नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक जन्ममिति रहेको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो । यद्यपी सैनिक नेतृत्वले उनको बढुवा सिफारिस गरेको छ । सैनिक मुख्यालयले उनको बढुवा सिफारिस गरी एक साताभित्र उजुरीका लागि सूचना प्रकाशन गरेको छ ।

पाण्डेको जन्ममिति प्रकरण बाहिर ल्याएर भावी प्रधानसेनापतिका लागि सिग्देलले नै चलखेल गरेका थिए । यसले सेनाभित्र पनि प्रधानसेनापतिका लागि राजनीतिकरण सुरु भएको चर्चा सेनाभित्र छ ।