कोरोनाबाट मृत्यु भएकी चालिसेका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिने
काठमाडौं । कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले लिएका छन् ।
चालिसे कोरोना महामारीबाट मृत्यु हुने पहिलो नेपाली थिइन् । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चेकी चालिसेको सुत्केरी भए लगत्तै कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । विसं २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनका थिए ।
सफलको पढाइको जिम्मा लिएसँगै मन्त्री बस्नेतले उनलाई आज टोखा नगरपालिका-९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका छन् ।
उनले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे । मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाइ खर्च आफूले बेहोर्ने बताए ।
मृतकका पति विमल चालिसेले मन्त्री बस्नेतको सहयोगप्रति आभार व्यक्त गरे । मन्त्री बस्नेतले तत्कालीन समयमै सावित्रीको मृत्यु लगत्तै शिशुको पढाइको जिम्मा लिने घोषणा गरेका थिए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया