कांग्रेस पदाधिकारी बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवा निवासमा दिउँसो एक बजे बैठक बस्नेछ ।
आगामी पुसमा हुने महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आह्वान गरेको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौंमा हुने तय भएको छ ।
आजको बैठकमा विभागलाई पूर्णता दिने र सरकारको काम कारबाहीबारे पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया