रास्वपाद्वारा पार्टी सचिवालय निर्माण, स्वर्णिम वाग्ले उपसभापति बने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी सचिवालय गठन गरेको छ । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको छ ।
बैठकले केन्द्रीय सदस्यहरू थप्नुका साथै विभिन्न नेताहरूलाई पार्टीमा जिम्मेवारी दिएको छ । जसअनुसार डा.स्वर्णिम वाग्ले उपसभापति बनेका छन् । डिपी अर्यालपछिको बरियता उनलाई दिइएको छ ।
त्यस्तै, सहमहामन्त्रीमा कबिन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ, बिपिन आचार्यले जिम्मेवारी पाएका छन् ।
यस्तो बन्यो रास्वपाको पार्टी सचिवालय
१. सभापति – रवि लामिछाने
२. उपसभापति – डिपि अर्याल
३. उपसभापति – डा. स्वर्णिम वाग्ले
४. महामन्त्री – डा. मुकुल ढकाल
५. सहमहामन्त्री – कबिन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री – सुमना श्रेष्ठ
७. सहमहामन्त्री – विपिन आचार्य
८. संसदीय दलको उपनेता – विराज भक्त श्रेष्ठ
९. प्रमुख सचेतक – सन्तोष परियार
१०. कोषाध्यक्ष – लिमा अधिकारी
११. सहकोषाध्यक्ष – बसु माया तामाङ
१२. सहकोषाध्यक्ष – दिपक बोहोरा
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया