‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड आरुष भट्टराईलाई
काठमाडाैं । मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जित्न सफल भएका छन् । नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै केटा समूहको उपाधि हासिल गरेका हुन् ।
स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका आरुषले विनर किड इन्टलीजेन्ट र ग्राण्ड विनर किड्स युनिभर्स विधामा जित हात पारेका छन् । यस कार्यक्रममा नेपालसहित भारत, मलेसियालगायत देशका बालबालिका सहभागी भएका थिए ।
प्रतियोगितामा आरुषले नेपाली कला संस्कृतिको प्रचार प्रसारको आलवा नेपालको पर्यटनसमेत उद्घाटनसमेत गरेका थिए । आरूषसँगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड Alluring Aura ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशलको उपाधि हासिल गरेकी थिइन् । प्रतियोगितामा बालबालिकासंगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए ।
प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइन अन्तर्राष्ट्रिय मोडल तथा फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी हुन् ।
यसअघि आरूषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा काठमाडैमा आयोजित ‘किड्डी फेस अफ द इयर २०२३’ का सिनियर केटा समूहको उपाधि हासिल गरेका थिए भने एल्भिरा ‘ लिटिल प्रिन्सिस इन्टरनेशनल २०२३’ की विजेता हुन् ।
ताजा अपडेट
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
-
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति
-
काभ्रेमा बस दुर्घटना : आठ जनाको मृत्यु
-
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा भट्टराई नियुक्त


प्रतिक्रिया