राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक आजदेखि
काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक तथा माहामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।
पार्टी अध्यक्ष थापाद्वारा प्रस्तुत हुने सुशासनको माध्यमबाट आर्थिक समृद्धि सम्बन्धी राजनीतिक कार्यपत्र छ । कार्यसम्पादन समितिको हिजोको बैठकले कार्यपत्र परिमार्जनसहित अनुमोदन गरेको थियो ।
केन्द्रीय समिति बैठकबाट छलफलपश्चात मोर्चा निर्माण र आन्दोलनको तयारीबारेमा निर्णय गर्ने महामन्त्री बर्तौलाले जानकारी दिए । दुई दिनसम्म सञ्चालन हुने केन्द्रीय समिति बैठक भोलि दिउँसो काठमाडौं उपत्यका भेलामार्फत निर्णयहरू सार्वजनिक गरेर सम्पन्न हुने पार्टीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया