NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ ८ गते

इसाई धर्म प्रचारमा कडाई, विदेशी नागरिक नियन्त्रणमा

काठमाडौं । सरकारले इसाई धर्म प्रचारप्रसारमा कडाई गरेको छ । देशका विभिन्न ठाउँमा गैरकानूनी रुपमा धर्म प्रचारको काम भइरहेको उजुरी बढेपछि सरकारले त्यसमा कडाई गरेको हो ।

विभिन्न मुलुकबाट पर्यटक, गैरसरकारी संस्था, विद्यार्थी तथा प्राविधिक सहयोगीको आवरणमा नेपाल आउने कतिपय विदेशी नागरिकहरु र नेपालमा नै रहेका इसाई धर्मावलम्बीहरुले धर्म प्रचार गरिरहेका थिए ।

उनीहरुले विपन्न वर्ग तथा अशक्त, असहायहरुलाई आर्थिक सहयोग गर्ने, विभिन्न प्रलोभन देखाएर इसाई धर्म अवलम्बन गर्न लगाउने गर्दै आएका थिए । इसाई धर्म अवलम्बन गरेमा पाप मोक्ष हुने, दीर्घरोग निको हुने जस्ता आश्वासनमार्फत धर्मान्तरणका लागि उत्प्रेरित गर्ने एवं धर्मान्तरण गराउने कार्यमा संलग्नलाई सरकारले पक्राउ गर्न थालेको हो ।

पर्यटन भिषामा नेपाल आएका स्विटजरल्याण्डकी Simon Lea Merz, नेदरल्याण्डकी Hannah Dorothe Vink, Adriana Johanna Matia van de Weerd लाई सरकारले इसाई धर्मको प्रचारप्रसार गरिरहेको अवस्थामा डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिकाबाट नियन्त्रणमा लिएको छ ।