यी हुन् कालोसूचीमा परेका १२ निर्माण कम्पनी
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखी पठाएको आधारमा १२ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
ती कम्पनीहरु १ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा परेका छन् । ती कम्पनीहरुले कालो सूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
सबैभन्दा लामो अवधि कालोसूचीमा पर्ने कम्पनी आदर्श कन्स्ट्रक्सन गोलबजार सिरहा रहेको छ । यो कम्पनीलाई सरकारले तीन वर्षसम्म कालोसूचीमा राखेको छ। यो कम्पनीको मुख्य व्यक्ति सरोज कुमार शाह छन् ।
यसैगरी लक्ष्मण पाण्डेय मुख्य व्यक्ति रहेको त्रिवेणी निर्माण सेवा पोखरा र बमबहादुर कुर्मी मुख्य व्यक्ति रहेको गंगोत्री देवी निर्माण सेवा नेपालगञ्ज दुई–दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।
कालोसूचीमा परेका कम्पनीहरुको विवरण :

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया