NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

मधेश छात्रवृतिको घोषणा, दिपक कुमार गुप्तालाई पहिलो अवार्ड

काठमाडाैं । अमेरिकामा मधेश र मधेशीको मानव अधिकारको संरक्षणको लागि सञ्चालित संस्था Madhesh Human Rights – Madhur ले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मधेश छात्रवृति घोषणा गर्दै पहिलो छात्रवृति Ph.D. अध्ययनरत एवं शोधार्थी दिपककुमार गुप्तालाई प्रदान गरेको छ । ५१ हजार राशीको छात्रवृति हरेक वर्ष मधेशको क्षेत्रमा शोध-अनुसंधान एवं काम गर्नेलाई प्रदान गर्ने भनी मधुरका अध्यक्ष चन्दन सिंहले बताए । दिपक कुमार गुप्ता विगत ३० वर्ष देखि मधेशको राजनीतिक, समाजिक, भाषिक-सांस्कृतिक एवं शोध अनुसंधानको क्षेत्रमा कार्यरत छन् भने अहिले त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्र विभागमा संघीयता र मधेश विषयमा विद्यावारिधि गर्दै छन् ।

Justice For All Nepal – JFAN को आयोजनामा र मधुरको सहकार्यमा राजधानीस्थित सिलौटा कटेजमा Women Leadership in Populist Politics विषयमा अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय महिला आयोग कि सदस्य माननीय विद्या सिन्हा, नेपाल ल कलेज कि उपप्रध्यापक अधिवक्ता रोशनी पौड्याल, मधुरका अध्यक्ष डा. चन्दन सिंह, महिला अभियन्ता भावना झा वक्ता रहेको कार्यक्रमका बीच उक्त छात्रवृति घोषणा गरिएको थियो । वक्ताहरूले नेपालको राजनीतिमा महिला नेतृत्व, सहभागिता तथा महिलाका विविध पक्षको बारेमा आ-आफ्नो विचार राखेका थिए । वक्ताहरूले विभिन्न सहभागीहरूको जिज्ञासाको जवाफपनि दिएका थिए । कार्यक्रम अधिवक्ता Bikash Bikalpa को अध्यक्षतामा भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष