हिन्दूराष्ट्र नै उपयुक्त विकल्प भएको राप्रपा नेपालको निष्कर्ष

काठमाडौं । राप्रपा नेपालले मुलुकमा देखिएका समस्या समाधानका निम्ति संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र नै आजको उपयुक्त विकल्प भएको निष्कर्ष निकालेको छ ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सुशासन र समृद्धिसहितको परिवर्तन नै आजको आवश्यकता रहेको ठहर गरेको हो ।
बैठकले एनसेल खरिदबिक्री सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ । यसैगरी राष्ट्र निर्माणका लागि उपयुक्त वैकल्पिक विचार र मार्गचित्र जनसमक्ष प्रस्तुत गरिने पार्टीका प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए ।
मार्गचित्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधिसभा लागि प्रत्यक्ष निर्वाचित तथा राष्ट्रियसभाका लागि समानुपातिक निर्वाचन प्रणाली, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, उदार आर्थिक व्यवस्था र केन्द्र तथा स्थानीय गरी दुई तहको राज्य संरचना हुनुपर्ने उल्लेख छ ।
ताजा अपडेट
-
रास्वपाको घोषणा- भिजिट भिसा प्रकरणसम्बन्धी मागहरू पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने
-
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित
-
खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार
-
‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु’-‘प्रचण्ड’
-
आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ
प्रतिक्रिया