फर्जी बिल बनाई ढुङ्गा, गिटी निकासी गर्ने ५६ सवारीसाधन नियन्त्रणमा
गण्डकी । नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । कास्की जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थ अवैध रुपमा दोहनमा प्रयोग गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको सक्रियतामा नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल बनाई चोरी निकासीमा संलग्न ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विश्वकर्माका अनुसार नदीजन्य पदार्थ ओसारपसार गर्ने, फर्जी विल बनाएका ट्रक, टिपर, ट्रयाक्टरलगायत सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पोखरा महानगर नगर कार्यपालिकाको जिम्मा लागाइएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया