सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह
काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहनआग्रह गरेको छ ।
नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।
उनका अनुसार इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइसकेको छैन ।
वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना प्रकाशित गरी कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम तथा अरु क्षेत्रमा रोजगारीको अवसर जनाउँदै ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रहसमेत गरेको छ ।
यस्तो खालको ठगीका सम्बन्धमा सुक्ष्म अनुसन्धान भइरहेको र यस्ता सूचना तथा गिरोहको प्रलोभनमा नपर्न विभागद्वारा प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ । इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्ति तथा समूहले गैरकानुनी रुपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना विभागमा आएकाले सचेत रहन आग्रह गरिएको प्रवक्ता तथा सूचना अधिकारी उप्रेतीले बताए ।
उनले भने, ‘इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ पैसा माग्ने गरेको भन्ने सूचना हामीलाई प्राप्त भएको छ, हामी छानबिन गर्दैछौँ ।’
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया