NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बजारमा अधिक तरलता, २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडाैं । बजारमा अधिक तरलता  भएपछि निक्षेप संकलनमार्फत नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिच्ने भएको छ  ।

बैंकले आज एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ निष्काशन गर्ने भएको हो । राष्ट्र बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

साँवा र ब्याज भुक्तानी मिति पुस १२ गते निर्धारण भएको छ । ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय सस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।