NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

यी हुन् सरकारले हड्ताल निषेध गरेका २५ क्षेत्र 

काठमाडाैं । नेपाल सरकारलेर आवश्यक सेवा सञ्चालन ऐन, २०१४ दफा ३ को उपदफा १ बमोजिम हडताल निषेधित क्षेत्र तोकेको छ । बिहीबार सरकारले एक सूचना प्रकाशित गर्दै हड्ताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो।

राजतन्त्रमा प्रकाशित सूचनाअनुसार बैंक तथा वित्त, डाँक तार टेलिफोन सेवा, जल स्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाइजहाजको देखभाल, त्यसको त्यसको सञ्चालन र मर्ममलगायतमा हड्ताल गर्न पाइने छैन । त्यस्तै अस्पताल, औषधि उत्पादन तथा बिक्री-वितरणसम्बन्धी सेवा,  सञ्चार, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, पर्यटन अवास, मोटेल, होटेल रेष्टुराँ र रिसोर्टसम्बन्धी सेवा, आन्तरिक सुरक्षा, हतियार खरखजना वा अरू कुनै सैनिक सरसामान उत्पादन र वितरणसम्बन्धी कामका क्षेत्रमा पनि हड्ताल गर्न नपाइने भएको छ ।

यी हुन् हड्ताल गर्न नपाइने क्षेत्रहरूको सूची :

ताजा अपडेट

नेपालवाच विशेष