NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बिहान खाली पेटमा कुन-कुन फलफूल खाने ?

काठमाडौं । शरीरमा आवश्यक पोषणको कमी गर्न फलफूल सेवन गर्नु महत्वपूर्ण हुन्छ । फरक-फरक किसिमका फलफूल सेवनबाट विभिन्न किसिमका भिटामिन पाउन सकिन्छ । कतिपय फलफूल विहान खालीपेटमा सेवन गर्दा झन् राम्रो फाइदा पाउन सकिन्छ । खाली पेटमा फलफूल खाँदा शरीरले भरपूर मात्रामा पोषण ग्रहण गर्न सक्दछ । आज हामी खाली पेटमा कुन फल खाने बारे चर्चा गर्दैछौँ ।

मेवा
मेवामा ‘पपेन’ नामक एन्जाइम पाइन्छ । यसले पाचनतन्त्रमा सुधार गर्नुका साथै कब्जियत हुनबाट जोगाउँछ । खाली पेटमा मेवा सेवन गर्दा शरीरले भिटामिन ए, सी र ई उचित किसिमले पाउँछ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै त्वचालाई स्वस्थ बनाउँछ ।

तरबुजा
खाली पेटमा तरबुजा सेवन गर्नु पनि उत्तम मानिन्छ । तरबुजामा ९२ प्रतिशत पानीको मात्रा पाइन्छ । यसले लामो समयसम्म शरीरलाई हाइड्रेट राख्न मद्दत गर्दछ । तरबुजामा पाइने लाइकोपीन एक शक्तिशाली एन्टीअक्सिडेन्ट हो ।

केरा
बिहान खाली पेटमा केरा खाँदा शरीरमा ऊर्जा मिल्छ । यसमा कार्बोहाइड्रेट पाइन्छ । साथै केरामा पाइने पोटाशियमले मुटु स्वस्थ राख्न मद्दत गर्दछ ।

स्याउ
प्रतिदिन एउटा स्याउले बिरामीबाट टाढा राख्दछ । विशेष गरेर यसलाई खाली पेटमा खानु झनै उत्तम मानिन्छ । स्याउमा पाइने पेक्टिन नामक फाइबरले पाचनलाई मजबुद बनाउनुका साथै भोक नियन्त्रण गर्न पनि मदतगार हुन्छ । स्याउमा पाइने एन्टीअक्सिडेन्टले मस्तिष्कलाई स्वस्थ र सक्रिय बनाउँछ ।

किवी
किवी देख्दा सानो फल भएपनि यसको फाइदा ठूलो छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै त्वचाको स्वस्थ राख्दछ ।