वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?
काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउने भएका छन् । लगानीयोग्य पुँजी थुप्रिन थालेपछि बैंकहरूले पुस महिनाका लागि नयाँ ब्याजदर तोकेका हुन् ।
प्राइम कमर्सियल बैंकबाहेक सबैले एक अंकको ब्याजदर कायम गरेका छन् । अब औसत ब्याजदर ८.९९ प्रतिशत हुनेछ । यसअघि औसत ब्याजदर १०.३३ प्रतिशत थियो ।
एनआइसी एसिया बैंकले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर ८.६७ प्रतिशतमा झारेको छ । एनएमबिले ब्याजदर ९ प्रतिशत कायम गर्दा नबिल बैंकको ब्याजदर ८.६ प्रतिशत छ ।
राष्ट्रिय वाणिज्य बैंकको ८.६१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ८.६ प्रतिशत र हिमालयन बैंकले ८.६० प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर ८.५६ प्रतिशत, कृषि विकास बैंकको ब्याजदर ९.०१२ प्रतिशत, एभरेस्ट बैंकको ८ प्रतिशत, नेपाल एसबिआई बैंकको ९.६ प्रतिशत, सिटिजन्सको ९.३५ प्रतिशत, कुमारीको ९.३१ प्रतिशत र लक्ष्मी सन्राइजको ९ प्रतिशत तोकिएको छ ।
सिद्धार्थ बैंकले ९.२५ प्रतिशत ब्याजदर कायम गर्दा प्राइमले भने १० प्रतिशत तोकेको छ । अर्को बैंक माछापुच्छ्रेको ब्याजदर ९.६ प्रतिशत कायम गरिएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया