चर्चित पाकिस्तानी सेलिब्रेटी डाक्टर एलिया नेपालमा
काठमाडौं । चर्चित पाकीस्तानी टिकटकर तथा मोडेल डा.एलिया सोयव नेपाल आएकी छन् ।
उनी नेपाली गायक सुरेश लामाको टिकटक जोडीको रुपमा टिकटकमा आएर सुरेशको गायन र एलियाको अभिनय र साथको कारण नेपाली फ्यानहरुमाझ पनि अति नै लोकप्रिय छिन् । डा.साएव परिवारसहित नेपाल घुम्न तथा म्युजिक भिडियोमा अभिनय गर्न साथै आफ्ना नेपाली फ्यान फलोअर्ससँग भेट्न आएकी हुन् ।
नेपाली संगीत क्षेत्र र सुरेश लामालाई विश्व मञ्चमा पु-याउने बताउँदै सोही अनुसार उनले साथ सपोर्ट गर्दै आएकी छन् । उनकाे स्वागतमा एयरपोर्टमा सयौँको संख्यामा रहेका नेपाली समर्थकहरु पुगेका थिए ।
डा.एलियाले नेपाली , पाकिस्तानी, बंगलादेशी, भारतीय समर्थक तथा फलोअर्स समेटेर अलरेस परिवार पनि बनाएकी छन् । जसमार्फत जाजरकोटका भुकम्पपीडितहरुका लागि रु बीस लाख भन्दा बढीको राहत सामग्री सदस्यहरु तथा सुरेश लामा आफैँ गएर बाँडेका थिए ।
अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील परिवारको रुपमा चिनिन्छ । एलियाको एएल र सुरेशको आरइएसएच शब्द जोडेर बनेको अलरेस परिवार चाँडै नै अलरेस इन्टरनेशनलको रुपमा विश्वभरी फैलिने क्रममा रहेको अलरेस परिवारका सक्रिय सदस्य तिर्थ आचार्यले बताए।
नेपाललाई संगीतको माध्यामबाट विश्वभरी चिनाउने, एलियाले नेपाली प्रति देखाएको साथ सपोर्ट, माया र करुणालाई विश्व मानव जातिमा बाँड्ने उद्दश्यका साथ अघि बढेको अलरेस परिवारका अर्का सक्रिय सदस्य सुजेश लामाले बताए । उनी १५ दिन नेपाल रहने छिन् ।
टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् ।
ताजा अपडेट
-
काभ्रेमा बस दुर्घटना : आठ जनाको मृत्यु
-
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा भट्टराई नियुक्त
-
शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ
-
पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह
-
युनलाई थप ३० वर्ष जेल सजाय


प्रतिक्रिया