एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यी हुन् छलफलका विषय
काठमाडौं । सत्ता साझेदार दल एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ ।
पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बिहान साढे ११ बजे बैठक बोलाइएको छ । एकीकृत समाजवादीको ७० औं सचिवालय बैठक हो।
यसअघि मंसिर २८ र २९ का लागि तय भएको बैठक स्थगित भएको थियो ।
सोमबारको सचिवालय बैठकमा समितिले तयार पारेको विधान मस्यौदामाथि छलफल र केन्द्रीय परिषद् बैठकको प्रस्ताव तयार पार्ने पनि उपाध्यक्ष पाण्डेले जानकारी दिए।
बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्य प्रगतिको समीक्षा गरिने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल गरिने छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया