NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यी हुन् छलफलका विषय

काठमाडौं । सत्ता साझेदार दल एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ ।

पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बिहान साढे ११ बजे बैठक बोलाइएको छ । एकीकृत समाजवादीको ७० औं सचिवालय बैठक हो।

यसअघि मंसिर २८ र २९ का लागि तय भएको बैठक स्थगित भएको थियो ।

सोमबारको सचिवालय बैठकमा समितिले तयार पारेको विधान मस्यौदामाथि छलफल र केन्द्रीय परिषद् बैठकको प्रस्ताव तयार पार्ने पनि उपाध्यक्ष पाण्डेले जानकारी दिए।

बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्य प्रगतिको समीक्षा गरिने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल गरिने छ ।

ताजा अपडेट

नेपालवाच विशेष