NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

मधेश प्रदेशका लागि सर्जनदेखि नर्सिङ अधिकृतसम्म १६० कर्मचारी माग

काठमाडौं । मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले छैटौं तहदेखि नवौं तहसम्मको पदपूर्तिका लागि १६० जना कर्मचारी माग गरेको छ ।

आज सूचना जारी गर्दै करार सेवाका लागि सर्जनदेखि नर्सिङ अधिकृतसम्मको कर्मचारी माग गरेको हो ।

जसमा नवौं तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, डेन्टल सर्जन ६ जना, एमडिजिपी १० जना, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, बाल रोग विशेषज्ञ १२ जना, स्त्री तथा प्रसूती रोग विशेषज्ञ ९ जना, जनरल सर्जन १० जना र १० जना जनरल फिजिसियन मागेको हो।

आठौं तहमा १० जना डेन्टल अधिकृत, २ जना आयुर्वेद चिकित्सक र २८ जना मेडिकल अधिकृत मागेको छ।

त्यस्तै, सातौं तहमा ३ जना अस्पताल व्यवस्थापक र ६ जना नर्सिङ अधिकृत मागेको छ। निर्देशनालयले छैटौं तहमा ६ जना अप्टोमेट्रिष्ट मागेको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिन भित्र अनलाईबाट दरखास्त दिन सक्नेछन्।