NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

फागुन पहिलो साता विधान सम्मेलन गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

बैठकले उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की सम्मिलित विधान मस्यौदा समिति गठन गरेको छ ।

विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ ।