देशको बिडम्बनाः इन्सपेक्टर भर्नामा २७ सयको आवेदन, कोरिया जान डेढ लाख
काठमाडौं । देशमा सरकारी सेवामा आकर्षण घट्दै गएको छ भने विदेश जान अत्याधिक आकर्षण छ । हालैको दुई तथ्याङकले यही देखाउँछ ।
नेपाल प्रहरीले ९२ जना इन्सपेक्टर माग गरेकोमा जम्मा दुई हजार सात सय ९२ आवेदन परेको छ । उता, वैदेशिक रोजगारीमा कोरिया जानका लागि भने एक लाख ४४ हजार आवेदन परेको छ । प्रहरीमात्र होइन सेना र निजामतीको जागिरमा पनि युवापुस्ताको आकर्षण घट्दै गएको छ । यसले देशको बिडम्बनापूर्वक अवस्था चित्रण गर्दछ । अवस्था कस्तोसम्म छ भने कतिपय सुरक्षाकर्मी समेत राजीनामा दिएर कोरिया गइरहेका छन्।
पछिल्लो समय युवा पुस्तामा देशको भविष्यप्रति नकारात्मक धारणा बढ्दै गएको छ । जसकारण हरेक महिनामा ठूलो संख्यामा युवावर्ग विदेशिने क्रम बढेको छ । यसले देशलाई दुरगामी असर पार्ने विज्ञहरुले बताएका छन् ।
ताजा अपडेट
-
सुनको मूल्य ३ लाख माथि पुग्यो
-
रास्वपाको बागमती प्रदेश अधिवेशन आज
-
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
स्वास्थ्य मन्त्रालयद्वारा बेडसंख्याअनुसार शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल गर्ने निर्णय


प्रतिक्रिया