NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकलाई विभिन्न संस्थाले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने गरी स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग सम्झौता भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार मकवानपुरको हेटौंडा–४ मा रहेको भुंग्रो थकालीको सेवामा १० प्रतिशत छुट पाउने छन् भने काठमाडौंको न्यूरोडमा रहेको एंगल ज्वेलर्स प्रालिमा गोल्ड मेकिङ चार्जमा ४० प्रतिशत छुट पाउने छन् ।

यसैगरी भैरहवाको सिद्धार्थनगर–१२ मा रहेको गाउँले चुलोमा पाइने फुड र स्नेक्समा १० प्रतिशत, काठमाडौंको महाराजगञ्जमा रहेको एजिलस डाइग्नोटिक नेपाल प्रालिमा गरिने ल्याब परीक्षणमा १५ प्रतिशत, मकवानपुरको हेटौंडामा रहेको पलपसा प्याराडाइज होम प्रालिमा फुड एन्ड बेभेरेजमा १० तथा कोठामा १५ प्रतिशत, काठमाडौंको सुन्धारामा रहेको एक्सप्रेस म्याग्दी होटल प्रालिमा सबै प्रकारका हस्पिटालिटी सेवामा १० प्रतिशत, मकवानपुरको हेटौंडा–४ मा रहेको क्विक २० हाउन होटलमा फुड एन्ड बेभेरेजमा १० प्रतिशत तथा कोठामा १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ती संस्थाहरुले उपलब्ध गराउने विभिन्न सेवाहरुमा उक्त छुट प्राप्त गर्न सक्नेछन् ।