कालोसूचीमा परे यी पाँच निर्माण व्यवसायी कम्पनी
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यलय काठमाडौंले विभिन्न निर्माण व्यवसायी कम्पनी/आपूर्तिकर्ताहरुलाई दुई देखि तीन वर्षसम्म कालोसूचीमा राखेको छ ।
कार्यलयले आज जारी गरेको सूचना अनुसार चार वटा निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखेको हो । ती कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको हो ।
पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय, कुश्माको सिफारिसमा एम.पी. सितानी एण्ड सन्स, पश्चिम बङ्गाग, भारत, सूर्य कन्स्ट्रक्सन फर्म प्रा.लि. सुर्खेत, एलिट कन्स्ट्रक्सन प्रा.लि., सुकेधारा काठमाडौंलाई तीन वर्ष कालोसूचीमा राखिएको छ ।
त्यस्तै, पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यलयले दिएको सिफारिसमा श्री भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि., विराटनगरलाई दुई वर्ष कालोसूचीमा राखिएको अनुगमन कार्यलयले जनाएको छ ।
कालोसूची अवधिभर यी कम्पनीहरुले कुनै पनि सार्वजनिक निकायको खरिद कारवाहीमा भाग लिन पाउने छैनन् ।

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया