NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कान्तिपुर स्कुलमा ‘विन्टर फेस्टिभल’ हुँदै

काठमाडौं । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस) ले ‘विन्टर फेस्टिभल’को आयोजना गर्ने भएको छ । चार दशकदेखि निरन्तर रुपमा शिक्षा प्रदान गर्दै आएको स्कुलले यही डिसेम्बर ३० तारिखको दिन स्कुल परिसरमा फेस्टिभलको आयोजना गर्न लागेको हो ।

स्कुलका प्रिन्सिपल सुभद्रा श्रेष्ठका अनुसार फेस्टिभलमा मनोरञ्जनका विभिन्न गतिविधिहरुसँगै खानाका परिकारहरु समेत हुनेछ । कार्यक्रमबारे श्रेष्ठले भनिन्, ‘हरेक उमेर समूहलाई लक्षित गरेर हामीले कार्यक्रमको आयोजना गरेका छौं ।

फेस्टिभलमा सांगीतिक कार्यक्रम, खानाका स्टलहरु, बिभिन्न खेल, फेस पेन्टलगायतका गतिविधिहरु हुनेछन् । यसको लागि बिभिन्न संस्थाहरुसँग सहकार्य भएको छ ।’

बिहान १० बजे सुरु हुने कार्यक्रमको लागि कुनै पनि शुल्क लाग्नेछैन ।