कान्तिपुर स्कुलमा ‘विन्टर फेस्टिभल’ हुँदै
काठमाडौं । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस) ले ‘विन्टर फेस्टिभल’को आयोजना गर्ने भएको छ । चार दशकदेखि निरन्तर रुपमा शिक्षा प्रदान गर्दै आएको स्कुलले यही डिसेम्बर ३० तारिखको दिन स्कुल परिसरमा फेस्टिभलको आयोजना गर्न लागेको हो ।
स्कुलका प्रिन्सिपल सुभद्रा श्रेष्ठका अनुसार फेस्टिभलमा मनोरञ्जनका विभिन्न गतिविधिहरुसँगै खानाका परिकारहरु समेत हुनेछ । कार्यक्रमबारे श्रेष्ठले भनिन्, ‘हरेक उमेर समूहलाई लक्षित गरेर हामीले कार्यक्रमको आयोजना गरेका छौं ।
फेस्टिभलमा सांगीतिक कार्यक्रम, खानाका स्टलहरु, बिभिन्न खेल, फेस पेन्टलगायतका गतिविधिहरु हुनेछन् । यसको लागि बिभिन्न संस्थाहरुसँग सहकार्य भएको छ ।’
बिहान १० बजे सुरु हुने कार्यक्रमको लागि कुनै पनि शुल्क लाग्नेछैन ।
ताजा अपडेट
-
काभ्रेमा बस दुर्घटना : आठ जनाको मृत्यु
-
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा भट्टराई नियुक्त
-
शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ
-
पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह
-
युनलाई थप ३० वर्ष जेल सजाय


प्रतिक्रिया