कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा पार्टीको तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ । साथै पार्टीबाट सहभागी मन्त्रीहरूले सरकारमा गरेका कामकारबाही प्रस्तुत गर्नेछन् ।
बिहीबारको बैठकमा मन्त्री बस्नेतसहित केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडु, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा। डिला सङ्ग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले धारणा राखेका थिए ।
बिहीबारबाट सुरु भएको बैठक आज दोस्रो दिन पनि बस्न लागेको हो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया