फूडमाण्डुको नयाँ वर्षलक्षित ‘न्यू इयर फिस्ट’, ४० बढी रेस्टुरेन्टको मेनुमा ३० प्रतिशतसम्म छुट
काठमाडाैं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर लिएर आएको छ । यस अफरअन्तर्गत काठमाडौंका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३० प्रतिशतसम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।
यसका साथ साथै ग्राहकहरुले हरेक दिन फरक फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन्। उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ ।
यसबारे बोल्दै फूडमान्डुका ब्रान्ड एंड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भनिन्, ‘हाम्रा ग्राहकहरुलाई ध्यानमा राख्दै अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आकर्षक अफरहरु ल्याएका छौ । हामीलाई आशा छ हाम्रा ग्राहकहरुले यस अफरको भरपुर फाइदा लिनुहुनेछ र आफ्नो नयाँ वर्ष विशेष रुपले मनाउनु हुनेछ।’
माघ १७ गतेसम्म लागु हुने यस अफरबाट लाभ लिनको लागि फूडमान्डुको वेबसाइट वा फूडमान्डुको एपमार्फत फूड अर्डर गर्न सकिनेछ ।
ताजा अपडेट
-
काभ्रेमा बस दुर्घटना : आठ जनाको मृत्यु
-
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा भट्टराई नियुक्त
-
शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ
-
पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह
-
युनलाई थप ३० वर्ष जेल सजाय


प्रतिक्रिया