NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

फूडमाण्डुको नयाँ वर्षलक्षित ‘न्यू इयर फिस्ट’, ४० बढी रेस्टुरेन्टको मेनुमा ३० प्रतिशतसम्म छुट

काठमाडाैं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर लिएर आएको छ । यस अफरअन्तर्गत काठमाडौंका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३० प्रतिशतसम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका साथ साथै ग्राहकहरुले हरेक दिन फरक फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन्। उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ ।

यसबारे बोल्दै फूडमान्डुका ब्रान्ड एंड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भनिन्, ‘हाम्रा  ग्राहकहरुलाई  ध्यानमा  राख्दै अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आकर्षक अफरहरु ल्याएका छौ  । हामीलाई आशा छ हाम्रा  ग्राहकहरुले यस अफरको भरपुर फाइदा  लिनुहुनेछ र आफ्नो नयाँ वर्ष विशेष रुपले मनाउनु हुनेछ।’

माघ १७ गतेसम्म लागु हुने यस अफरबाट लाभ लिनको लागि फूडमान्डुको वेबसाइट वा फूडमान्डुको एपमार्फत फूड अर्डर गर्न सकिनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष