तनहुँको मौरीबजारमा बस दुर्घटना, ३२ जना घाइते
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
आज विहान वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ ।
घाइते हुनेमा बसचालक कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेका ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका ३२ वर्षीय सागर श्रेष्ठ सहित अन्य यात्रु रहेका प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया