राप्रपाका अम्बरबहादुर कोशी प्रदेशको सभामुख बन्ने पक्का
विराटनगर । कोशी प्रदेश सभामा रिक्त रहेको सभामुखको निर्वाचन आजै हुने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुख बन्ने पक्का भएका छन् ।
विष्टलाई नेकपा एमालेले पनि समर्थन गर्ने भएसँगै उनी सभामुख बन्ने पक्का भएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको सत्ता गठबन्धनले पनि विष्टलाई यस अघि नै समर्थन गर्ने बताइसकेको छ ।
मंगलबार बिहान बसेको नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो।
सभामुखको निर्वाचन दिउँसो ३ बजेका लागि तय भएको छ ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया