राप्रपाका अम्बरबहादुर कोशी प्रदेशको सभामुख बन्ने पक्का
विराटनगर । कोशी प्रदेश सभामा रिक्त रहेको सभामुखको निर्वाचन आजै हुने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुख बन्ने पक्का भएका छन् ।
विष्टलाई नेकपा एमालेले पनि समर्थन गर्ने भएसँगै उनी सभामुख बन्ने पक्का भएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको सत्ता गठबन्धनले पनि विष्टलाई यस अघि नै समर्थन गर्ने बताइसकेको छ ।
मंगलबार बिहान बसेको नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो।
सभामुखको निर्वाचन दिउँसो ३ बजेका लागि तय भएको छ ।


प्रतिक्रिया