दोस्रो युद्धविराममा विपिन रिहा हुनेमा आशावादी छौँ : परराष्ट्रमन्त्री
डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउदले इजरायल-हमासबीचको दोस्रो युद्धविराममा कञ्चनपुरका विपिन जोशीको रिहाइ हुने विश्वास व्यक्त गरेका छन् ।
आज बिहान डडेल्धुरामा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री साउदले विपिनको रिहाइका लागि पटक–पटक इजरायल सरकारसँग पनि आग्रह गरेको बताए ।
उनले भने, ‘कतारले दोस्रो युद्धविरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ, दोस्रो युद्धविराममा विपिन सकुशल फर्किने अपेक्षा छ ।’ उनले कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग पनि विपिन रिहाइको पहल गर्न आग्रह गरेको बताए ।
उनले भने, ‘पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ। विपिन सुरक्षित छन्। उनी चाँडै रिहा हुनेछन्।’
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया