तेस्रो पटक मेसीले जिते ‘फिफा द वेस्ट अवार्ड’
काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले फिफा बेस्ट अवार्ड अन्तर्गत वर्षको ‘उत्कृष्ट पुरुष’ खेलाडीको अवार्ड जितेका छन् ।
३६ वर्षीय मेसीले तेस्रो पटक फिफा द वेस्टमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्। मेसीले २०१६ र २०२२ मा पनि अवार्ड जितेका थिए।
अमेरिकी क्लब इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पार्दै सो अवार्ड हात पारेका हुन् । सेन्ट जर्मेनका आक्रमणकारी केलियन एमबाप्पे भने तेस्रो स्थानमा रहे ।
लन्डनमा सोमबार आयोजित कार्यक्रममा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पुरुष प्रशिक्षकको अवार्ड हात पारेका छन्।
सिटीका इडरसनले रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनौलाई पछि पार्दै गोलकिपर तर्फको अवार्ड जिते ।
सिटीले २०२२/२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल गरेको थियो ।
मेस्सीले जुनमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा सर्नुअघि पेरिस सेन्ट जर्मेनबाट २०२३ का सुरुवाती खेल खेलेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया