डलरको भाउ कति पुग्यो ? यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा कायम गरेको छ ।
यस्तै बुधबार युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ५८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १५४ रुपैयाँ १० पैसा र बिक्री दर १५४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५५ पैसा र बिक्री दर ८७ रुपैयाँ ९५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २९ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ७३ पैसा छ ।
राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ०४ पैसा र बिक्री दर ९ रुपैयाँ ०८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४४ पैसा र बिक्री दर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया