डलरको भाउ कति पुग्यो ? यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा कायम गरेको छ ।
यस्तै बुधबार युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ५८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १५४ रुपैयाँ १० पैसा र बिक्री दर १५४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५५ पैसा र बिक्री दर ८७ रुपैयाँ ९५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २९ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ७३ पैसा छ ।
राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ०४ पैसा र बिक्री दर ९ रुपैयाँ ०८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४४ पैसा र बिक्री दर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया