अब जेके टायरको माइनिङ एण्ड कन्स्ट्रक्सन शोरुम सितापाइलामा
काठमाडौं । जेके अफ द रोड टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले सितापाइलामा माइनिङ तथा कन्स्ट्रक्सन टायरको शोरुम शुभारम्भ गरेको छ ।
जेके ओटीआर इन्डियाका बिजनेस हेड देबासिस खुन्तियाले बुधबार एक कार्यक्रम बीच शोरुमको समुदघाटन गरेका थिए । उक्त अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ लगायत अटोमोबाइल क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
‘माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन’ को नामबाट संचालित शोरुममा जेके टायरका सबै किसिमका हेभी इक्विपमेन्ट, कन्स्ट्रक्सन तथा इन्डष्ट्रीमा प्रयोग हुने टायरहरु उपलब्ध हुने जनाइएको छ । हेभी इक्विपमेन्ट तथा मेसिनमा प्रयोग अनुसारको टायर परामर्श, क्लेम सेटलमेन्ट तथा आफ्टर सेल्स सर्भिस उपलब्ध हुने जेके ओटीआरका जोनल हेड शुभम प्रसादले जानकारी दिए ।
नेपाल तथा दक्षिण एसियाकै जेकेको पहिलो एक्सक्लुसिभ ओटीआर शोरुम भएको र यसले सबै मेसिन तथा इक्विपमेन्ट टायरको बढ्दो माग पुरा गर्ने जानकारी डेल्टा डिस्ट्रिब्युटर्स प्रालिका डाइरेक्टर विक्रम सिंघानियाले दिए ।
अत्याधुनिक मेसिनरीका साथ सबैभन्दा स्वचालित प्रक्रिया र उन्नत प्रविधिले सुसज्जित गरी उत्पादन गरिएका जेके टायर लोकप्रिय मानिन्छन् । कम्पनीले सानो १४ किलोग्रामको फोर्कलिफ्ट टायरदेखि भारतको सबैभन्दा ठूलो ४०.००-५७ साइज, करिव ३ हजार ४ सय किलोग्राम तौल र १२ फिट व्यास भएको टायर समेत उत्पादन गर्दै आएको छ, जुन ठूलो रिजिड डम्प ट्रकका लागि उपयोग गरिन्छ ।
जेके टायरले सन् १९७७ मा राजस्थानको कान्क्रोली टायर प्लान्टमा टायर उत्पादन गर्न प्रारम्भ गरेको थियो । हाल यसका भारतमा ९ र मेक्सिकोमा ३ गरी १२ प्लान्ट छन्, जसमार्फत वार्षिक रुपमा ३ करोड ५० लाख युनिट भन्दा बढी टायर उत्पादन हुन्छन् । विश्वका १०५ देशमा १८० भन्दा बढी ग्लोबल डिष्ट्रिब्युटरमार्फत जेके टायर बिक्री–वितरण हुँदै आएको छ ।
ताजा अपडेट
-
काभ्रेमा बस दुर्घटना : आठ जनाको मृत्यु
-
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा भट्टराई नियुक्त
-
शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ
-
पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह
-
युनलाई थप ३० वर्ष जेल सजाय


प्रतिक्रिया