१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे १५ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले भक्तपुरको गठ्ठाघरबाट बुधबार राति उनलाई घुससहित पक्राउ गरेको हो ।
घरको बाटो सिफारिस गर्न सेवाग्राहीसँग १५ लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
त्यसैगरी, उनले चढ्ने कार र त्यसका चालक पदमबहादुर प्रधानलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।
बादे गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी बनेका थिए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया