NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

आज सुनको मूल्यमा ७ सय रुपैयाँ गिरावट, तोलाको कति ?

काठमाडौं। बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार पाँच सय कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ रहेको थियो ।

बुधबार पनि सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य एक लाख १६ हजार नौ सय ५० प्रतितोला रहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा १० रुपैयाँको गिरावटसँगै प्रतितोला एक हजार ३ सय ९० कायम भएको महासंघले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष