NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

मौसम : उच्च पहाडी भागमा हिमपात, तराईलाई हुस्सुले ढाक्यो

काठमाडौं । चार प्रदेशमा आज हिमपातको प्रक्षेपण गरिएको छ । तराई क्षेत्रलाई भने हुस्सु र कुहिरोले ढाकेको छ ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसमविदका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी स्थानको मौसम सफा छ । तराईका भागलाई भने हुस्सु र कुहिरोले ढाकेको छ । हुस्सु र कुहिरोका कारण चिसो बढ्दा यो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

शनिबार देशभर वर्षाको योग छैन । तर मौसमविद्ले उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना औंल्याएका छन् ।

जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार शनिबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना छ ।

पश्चिमी वायुको आंशिक प्रभावले मौसममा बदली आए पनि आगामी सोमबारसम्म वर्षाको आकलन गरिएको छैन । विभागका मौसमविद्ले शनिबारदेखि सोमबारसम्म हिमपात र बदली भए पनि वर्षाको सम्भावना नदेखिएको जनाएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष