कैलालीमा पाटेबाघ मृत फेला
घोडाघोडी । जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।
तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सव डिभिजन वन कार्यालय लम्कीका फरेष्टर रामबहादुर रावलले जानकारी दिए अनुसार बाघको शरीरबाट दुर्घन्ध फैलिसकेकाले केही दिन अगाडि नै मरिसकेको हुनसक्ने देखिएको छ ।
स्याउला लिन जङ्गल पुगेका स्थानीयले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि डिभिजन वन कार्यालय लम्की, प्रहरी र स्थानीय सो स्थलमा पुगेका थिए ।
मृत बाघको मुचुल्का बनाइ डिभिजन वन कार्यालय पहलमानपुर ल्याउने तयारी भइरहेको सव डिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिए ।
ताजा अपडेट
-
काभ्रेमा बस दुर्घटना : आठ जनाको मृत्यु
-
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा भट्टराई नियुक्त
-
शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ
-
पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह
-
युनलाई थप ३० वर्ष जेल सजाय


प्रतिक्रिया