NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २९ गते

वर्ल्डलिंकको नयाँ अफर : चार हजार पर्ने बोट स्मार्ट वाच दुई हजारमै पाइने 

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नयाँ अफर ‘स्मार्ट कम्बो डिल’ सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबीसमेत गरेको छ ।

यो अफर अन्तर्गत ग्राहकले बोट ब्रान्ड को अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । चार हजार ४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच यस अफरमा मात्र दुई हजार २४९ रुपैयाँ र तीन हजार २९९ रुपैयाँ पर्ने बोट एयरडप्स १७० मात्र एक हजार ६९९ रुपैयाँमै पाउन सकिने छ ।

वर्ल्डलिंकको यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध हुने छन् । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध रहने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध हुने छ ।

साथै, हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउटर समेत निःशुल्क पाउनेछन । वर्ल्डलिंकका अनुसार उक्त अफर सिमित अबधिको लागि मात्र लागू हुने छ ।

ताजा अपडेट

नेपालवाच विशेष