१० करोड लगानीमा होटल वृन्दावन सञ्चालन

वीरगञ्ज । वीरगञ्जमा सुबिधा सम्पन्न होटल वृन्दावन संचालनमा आएको छ । एक विशेष कार्यक्रमकाबीच वीरगञ्ज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंहले होटलको उद्घाटन गरेका थिए ।
वीरगञ्ज वडा न.४, दुई नम्बर रोड, कन्या स्कुलको सामुन्ने रहेको होटल वृन्दावन १० करोडको लागतमा तयार भएको हो। ५ तल्ले भवनमा ३० वटा आधूनिक इन्टेरियरमा तयार गरिएका आरामदायी रुम रहेको होटेल सञ्चालक पप्पु सरार्फले जानकारी दिए ।
हाेटलमा ग्राउन्ड फ्लोरमा पार्किङ्गको सुबिधा रहेको छ भने पहिलो तल्लामा रेस्टुरेन्ट, दोस्रो तल्लामा २ वटा ब्यान्केट हल, १ वटा मिटिङ्ग हल रहेको रहेका छन्। ‘नेपाली होटलहरुमा पहिलो पटक हुनुपर्छ जहाँ हामीले ब्यान्क्वेटको इन्टेरियर पूर्णतः गोल्डेन शिशाका फ्लेकहरु प्रयोग गरेका छौं। यसले पार्टि भेन्यूलाई अझ रिच, ल्याभिस र सकारात्मक महशुस गराउनेछ’, संचालक अध्यक्ष सरार्फले भने।
त्यसैगरी, तेस्रो र चौथो तल्लामा बास बस्नको लागि एसि रुमहरु रहेका छन् । ‘होटलको ओपनिङलाई पारेर हामीले नर्मल एसि रुमको चार्ज २२ सय र त्यसमा पनि खाजाको ब्यवस्था सहित ३०५ छुट दिएका छौं, साथै एसि सहित स्विट रुमलाई ६ हजार दर रेट सहित ३०५ अतिरिक्त छुट कायम गरेका छौं’, सर्राफले भने ।
ब्रिटिश शैलीमा तयार गरिएको रेस्टुरेन्टमा खाना तथा खाजामा आउने ग्राहकलाई २०५ छुटको व्यवस्था हाेटेलले गरेकाे छ । उक्त व्यवस्था आज देखि ६ महिना सम्मको लागि लागू हुने हाेटलले जनाएकाे छ ।
प्रतिक्रिया